काठमाण्डौ । अहिलेसम्म नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा मागको तुलनामा झन्डै २२ प्रतिशतमात्रै खरिद आवेदन परेको छ। 

बैंकले गत पुस ७ गतेबाट सतप्रतिशत हकप्रद सेयरमा आवेदन खुला गरेको छ। बैंकले १ः१ अनुपातमा हकप्रद निष्कासन गरेको हो। जसअनुसार बैंकले १०० अंकित दरका कुल १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गरेको छ। 

सीडीएससीका अनुसार माघ ५ गते बिहान ११ बजेसम्म यो हकप्रदमा २ हजार २२१ सेयरधनीले २ लाख ८६ हजार १९५ कित्ता खरिदका लागि आवेदन दिएका छन्। जुन कुल मागको २१.८० प्रतिशतमात्र हो। 

यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट आवेदन दिन मिल्छ। 

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ गत मंसिर २४ गते एक दिनका लागि बुक क्लोज गरिएको थियो। यसको अर्थ यो बैंकको हकप्रद भर्न योग्य हुन मंसिर २३ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्। 

नारायणी डेभलपमेन्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले गत मंसिर ३ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो।

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार अब यो बैंकको हकप्रदमा आउँदो माघ १२ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।