काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ५९ लाख ९८ हजार रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष पनि यही अवधिसम्म बैंकले ८४ लाख ४१ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।
यो अवधिसम्म बैंकलाई ५९ लाख ९८ हजार सञ्चालन घाटा भएको छ। गत वर्ष पनि यही अवधिसम्म बैंकले ८४ लाख २५ हजार सञ्चालन घाटा भएको थियो।
दोस्रो त्रैमाससम्म बैंकले १६ लाख ८६ हजार खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकलाई २ लाख ५३ हजार रुपैयाँ खुद ब्याज घाटा भएको थियो।
यो अवधिसम्म बैंकले २० करोड ४९ लाख रुपैयाँ निक्षेप संकलन गरी १७ करोड ८६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ६ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ करोड ५ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी १३ करोड १२ लाख रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ६.६१ प्रतिशतले घटेर १७ करोड ८ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष रिजर्भमा १८ करोड २७ लाख रुपैयाँ रहेको थियो।
बैंकको निष्क्रिय कर्जा दर (एनपीएल) व्यापक सुधार गर्दै ४.६० प्रतिशतमा झार्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म एनपीएल ४४.९७ प्रतिशत रहेको थियो।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४.५७ रुपैयाँले ऋणात्मक रहेको छ। बैंकको प्रतिसेयर आम्दानी ६१.१५ रुपैयाँ रहेको छ।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago