काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले आज चैत १० गतेबाट अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ।
बैंकले गत फागुन ७ गतेदेखि माघ १२ गतेसम्म हकप्रद निष्कासन गरेको थियो। जसमा बिक्री नभएको संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता सेयर लिलामीमा राखिएको हो।
लिलामीमा राखिएको सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्था वा कम्पनीले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्यामा कुनै हद लाग्ने छैन।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा पेस गर्न सकिनेछ।
त्यस्तै ग्लोबल आइएमई बैंकका शाखाहरु बिर्तामोड, विराटनगर, जनकपुर, आदर्शनगर (वीरगन्ज), हेटौँडा, नारायणगढ, न्युरोड (पोखरा), बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरमा पनि आवेदन पेस गर्न सकिनेछ।
बोलपत्र पेस गर्ने अन्तिम मिति चैत १७ गते बैंकिङ समयसम्म तोकिएको छ।
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago