काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लि.को १८ औ वार्षिक  साधारण सभा आज शुक्रबार सम्पन्न भएको छ । 

बैंकका अध्यक्ष चन्द्रमान मलेकुको अध्यक्षतामा बसेको सभाले बैंकको आ.व. २०७५/७६को वार्षिक वित्तीय विवरण, नाफा नोक्सान हिसाव पारित गर्नुको साथै एक बराबर एक (१ः१) हकप्रद शेयर जारी गर्न पनि प्रस्ताव पारित गरेको छ । यस हकप्रद निश्कासन पश्चात बैंकको चुक्ता पूँजी रु.१३ करोड १२ लाख पुग्नेछ । बैंकले यस साधारण सभा मार्फत गाभ्ने गाभिने तथा प्राप्ति समाहित हुने, रणनीतिक साझेदार नयाँ लगानीकर्ता भित्र्याउने सम्बन्धमा प्रस्ताव पारित गरी त्यसको जिम्मेवारी संचालक समितिलाई दिएको बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं. १ बकुलहरमा केन्द्रीय कार्यालय रहेको नारायणी डेभलपमेन्ट बैंकको हाल केन्द्रीय कार्यालय सहित तीन वटा शाखा रहेका छन । हालसालै मात्र नेपाल राष्ट्र र्बैकले समस्याग्रस्त सूचीबाट हटाएको यस बैंकले निकट भविष्यमा नै रु. ५० करोड चुक्ता पूँजी पुर्याउने योजना सहित कार्य गरिरेको जनाएको छ ।