काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नारी दिवसको अवसरमा नारी लक्षित विभिन्न अफरहरु सार्वजनिक गरेको छ। 

अफरअन्तर्गत महिला उद्यमीहरुले सञ्चालन गरेका व्यवसायहरुमा इसेवा सँग सहकार्य (इन्ट्रिगेसन) गर्दा इन्ट्रिगेसन शुल्क लाग्ने छैन।  यस अफरमा कुनै पनि महिला उद्यमीले सञ्चालन गरेको व्यवसायमा इसेवासँग इन्ट्रिगेसन गर्दा तीन महिनासम्म सम्पर्क राखेमा कहिल्यै पनि इन्ट्रिगेसनको शुल्क लाग्ने छैन। यस अफरमा सहभागि हुन नारीहरुले तीन महिनााभित्र इसेवामा सम्पर्क गर्नुपर्नेछ।  

यसैगरी नारी दिवसको दिन अर्थात फागुन २४ गते  बुधवारको दिन नारीहरुले इसेवामार्फत एनटीसी तथा एनसेल मोबाइलको टपअप गर्दा फ्ल्याटमा १० प्रतिशत क्यासब्याक पाउने व्यवस्था इसेवाले मिलाएको छ। यसका लागि टपअप गर्दा प्रोमोकोड नारी प्रयोग गर्नुपर्नेछ। देशको आधा जनसंख्या ओघटेका नारीहरुको सम्मानमा इसेवाले यस किसिमको छुुट सुविधा ल्याएको हो। 

इसेवाले हाल एन्ड्रोइड मोबाइलमा ५५ लाख र आईओस् मोबाइलमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकलाई एपमार्फत आम नेपालीहरु सेवा प्रदान गरिरहेको छ। इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरुको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ। हाल १ लाख ८५ हजारभन्दा बढी एजेन्ट नेटवर्कमार्फत इसेवाका सेवा तथा सुविधा लिन सकिनेछ।