काठमाण्डौ । कुमारी बैंक लिमिटेडले कोभिड संक्रमणसँग जुध्नका लागि 'निःशुल्क एन्टिजेन टेस्ट क्याम्प' आयोजना गरेको छ। 

उक्त क्याम्प काठमाण्डौको टंगालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा आज आयोजना गरिएको हो। क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई ऐन्टिजेन टेस्ट गराउने व्यक्तिको कोरोना संक्रमण भए नभएको रिपोर्ट १५ मिनेटमै दिएको जानकारी गराएको छ। आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोनाविरुद्धको लडाइँमा बैंकले सहयोग गर्ने उद्देश्यले उपरोक्त कार्यकम आयोजना गरेको हो।

आफ्नो डिजिटल सामर्थ्यलाई परिष्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटीएम, २८ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको छ। आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका लागि डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ।