काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेद्वारले निकटतम प्रतिद्वन्दीसँगको मतअन्तरले बढाउँदै लगेका छन् । 

पछिल्लो मत परिणामअनुसार बालेन शाहले ४८० मत प्राप्त गरेका छन् । 

उनलाई नेपाली कांग्रेसकी मेयरका उम्मेद्वार सिर्जना सिंहले २८० मतसहित पछ्याइरहेकी छिन् । 

यसअघिको अपडेटमा दोश्रो स्थानमा रहेका केशव स्थापित फेरि तेश्रो स्थानमा सीमित बन्न पुगेका छन् । उनले २०० मत पाएका छन् । 

राप्रपाका उम्मेद्वारले २१ र अर्का स्वतन्त्र उम्मेद्वार सुमन सायमीले ७९ मत प्राप्त गरेका छन् ।