काठमाण्डौ । नेपालमा कोरोनाबाट निको हुने दर बढेर ९० प्रतिशत माथि पुगेको छ । 

पछिल्लो २४ घण्टामा १ हजार ६६९ कोरोना संक्रमित थपिँदा ५ हजार ६९९ डिस्चार्ज भएका छन् । योसँगै १ लाख ९९ हजार २४ हजार निको भएर घर फर्किएका छन् । अर्थात, आजको मितिसम्म कोरोना संक्रमणबाट ठीक हुनेको दर ९०.३४ प्रतिशत पुगेको छ । 

डिस्चार्ज हुनेहरुको संख्या ह्वात्तै बढेसँगै मुलुकभर सक्रिय संक्रमितको संख्या समेत घटेको छ । आइतबारसम्म देशभर १९ हजार ९६३ मात्रै सक्रिय संक्रमित रहेका छन् । 

गत २४ घण्टामा देशभर १६ संक्रमितको ज्यान गएको छ । योसँगै संक्रमणबाट ज्यान गुमाउनको कुल संख्या १ हजार ३२१ पुगेको छ । मृत्यु दर ०.६० प्रतिशत रहेको छ । 

यसैबीच, स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाण्डौमा ७३३, भक्तपुर ५३ र ललितपुरमा १३१ कोरोना संक्रमित भेटिएका छन् । यो अवधिमा देशभर ८ हजार ३२ पीसीआर परीक्षण गरिएको थियो ।