काठमाण्डौ । वाणिज्य बैंकहरुको चैतको दोस्रो सातामा निक्षेप संकलनको तुलनामा कर्जा लगानी दोब्बर बढी देखिएको छ।
नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक तथ्यांकअनुसार यस्तो देखिएको छ। तथ्यांकअनुसार चैतको दोस्रोसम्म बैंकले २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। जब कि कर्जा लगानी ५० अर्ब रुपैयाँ रहेको छ। यो हिसाबले बैंकहरुको निक्षेप संकलनको तुलनामा कर्जा लगानी दोब्बर बढी देखिएको हो।
त्यसो त चैतको पहिलो साताको तुलनामा दोस्रो सातामा वाणिज्य बैंकहरु कर्जा लगानी र निक्षेप संकलन दुवै घटेको छ।
चैतको दोस्रो साता १३ गतेसम्म बैंकहरुबाट २७ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। जब कि चैतको पहिलो साता ६ गतेसम्म बैंकहरुले २३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए।
बैंकहरुले चैतको दोस्रो सातासम्म भने ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। योसँगै बैंकहरुको कुल कर्जा लगानी ३४ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ। गत फागुनको अन्तिम सातासम्म बैंकहरुको कु्ल कर्जा लगानी ३४ खर्ब १२ अर्ब रुपैयाँ रहेको थियो।
यसैगरी वाणिज्य बैंकहरुले चैतको दोस्रो साता अर्थात १३ गतेसम्म १० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। चैतको पहिलो साता ६ गतेसम्म भने बैंकहरुले १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए।
चैत दोस्रोसम्म बैंकहरुले २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। योसँगै बैंकहरुको कुल निक्षेप संकलन ३८ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ। गत फागुनको अन्तिम सातासम्म बैंकहरुको कु्ल निक्षेप संकलन ३८ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो।
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
6 hours ago
6 hours ago