काठमाण्डौ । नेपाल उद्योग वाणिज्यम महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रको सम्मान विना देशले आर्थिक रुपमा फड्को मार्न नसक्ने बताएका छन्।
‘अहिले सरकारले निजी क्षेत्रको सम्मानको त कुरै छाडौँ जायज माग राख्दा पनि सुन्न छाडेको छ’, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघको साधारणसभामा बोल्दै ढकालले भने, ‘जससम्म सरकारले निजी क्षेत्रलाई साझेदारको रुपमा हेरेर सहकार्य गर्दैन तवसम्म देशमा हामीले सोचेजस्तो आर्थिक विकास हुन सक्दैन।’
देशको उद्योग कलकारखाना स्थापना गरेर स्वदेशभित्रै रोजगारी सिर्जना नगरेसम्म देश आर्थिकरुपमा सम्पन्न हुन नसक्ने ढकालको तर्क थियो। ‘अहिले देशको मुख्य पुँजीका रुपमा रहेको युवाशक्ति रोजगारीका लागि विदेश पलायन भइराखेका छन् भने उनीहरुले विदेशी भूमिका रगत पसिना बगाएर पठाएको पैसाले देश चलाउन परेको छ’, उनले भने, ‘रेमिट्यान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो। तसर्थ आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि देशभित्रै रोजगारी सिर्जना गर्नु जरुरी छ।’
यदि कुनै कारणले वैदेशिक रोजगारीमा समस्या आयो भने देशको अर्थतन्त्रनै धराशायी हुने अवस्थामा पुग्नेसमेत ढकालको भनाइ थियो।
कुनै समय निर्यातको मुख्य वस्तुको रुपमा रहेको नेपाली गलैँचालगाययका वस्तुको अवस्था दयनीय बन्दै गएको भन्दै ढकालले अबका दिनमा निर्यात वृद्धि गरी विदेशी मुद्रा भित्र्याउन सरकारले विशेष योजना ल्याउनु पर्ने बताए। ‘कुनै समय कार्पेट, पस्मिना, गार्मेन्ट उद्योगले देशको भुक्तानी सन्तुलत गर्न ठूलो योगदान दिएको थियो भने सोहीअनुरुप रोजगारी पनि सिर्जना भएको थियो’, उनले भने, ‘त्यस्ता वस्तु उत्पादनका लागि आवश्कय कच्चा पदार्थ उत्पादनका लागि सरकारले ध्यान नदिनुका साथै निर्यातमा समेत झन्झटिलो प्रक्रिया हुँदा अहिले नगन्य मात्रामा निर्यात हुन थालेको छ।’
सरकारले निर्यातका सम्भावनाका क्षेत्रको पहिचान गरी त्यस्ता वस्तु उत्पादनका प्रयोग हुने कच्चा पदार्थको भन्सार छुट दिनुका साथै बैंकबाट सहुलियत ब्याजदरमा कर्जा पाउने व्यवस्था गर्नुपर्ने ढकालको भनाइ थियो।
कार्यक्रममा ढकालले आफूले निर्यात, उत्पादनमूलक, सेवा, कृषि, बैंकिङ, सीपलगायत हरेक क्षेत्रमा आवद्ध भएर काम गर्दा वस्तगत संघहरुको समस्यालाई नजिकसँग बझेको भन्दै उक्त समस्या समाधानका लागि पनि आफूलाई उपाध्यक्षमा जिताएर पठाउन आग्रह गरे। ‘मैले दुई पटक वस्तुगत संघबाटै सदस्यमा चुनाव जितेर यही क्षेत्रका साथीहरुको हकहितका लागि काम गरिसकेको छु’, उनले भने, ‘ महासंघले जिम्मेवारी दिएका हरेक क्षेत्रमा अब्बल काम गर्दै आएको र अहिले पनि सरकारसँग मिलेर कसरी यी क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ भनेर छलफल गरिरहेको छु।’
यदि आफू उपाध्यक्षमा निर्वाचित भएर गएको अवस्थामा वस्तुगत संघको समस्या बुझरे समाधान गर्ने महासंघ बनाउनेसमेत ढकालको प्रतिबद्धता थियो।
यसैगरी देशको अर्थतन्त्र सुधार गर्न कर्मचारीतन्त्रमा इच्छाशक्ति हुनुपर्ने ढकालले बताए। देशमा समयसापेक्ष सरकारमा राजनीतिक नेतृत्व फेरिरहने भएपनि कर्मचारीतन्त्र भनेको स्थायी सरकार रहेको भन्दै आर्थिक एजेन्डामा कर्मचारीले विशेष ध्यान दिनुपर्ने समेत उनको भनाइ थियो।
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago