काठमाण्डौ । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय विकासका लागि नेपालको निजी क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । 

सिन्धुली उद्योग वाणिज्य संघको आयोजनामा सिन्धुलीमाढीमा पुस १३ गतेदेखि शुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ढकालले सो कुरा बताएका हुन् ।

देशको विकासका लागि मलेशियाको प्रसंग उल्लेख गर्दै निजी क्षेत्रको सहभागिताले देशको चौतर्फी विकासमा मुख्य भूमिका खेल्ने विचार ब्यक्त गरेका थिए ।

नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुखआतिथ्यमा सम्पन्न सो कार्यक्रमलाई प्रदेश नम्बर ३ का मन्त्री अरुण नेपाल, सार्क चेम्बरका उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ सदस्य चण्डीराज ढकाल, स्थानीय जनप्रतिनिधिहरू एवम् विभिन्न उद्योगी व्यवसायीले सम्बोधन गरेका थिए ।

सन् २००१ मा स्थापना भएको आइएमई ग्र्रुपले रेमिटेन्स, बैंकिङ्ग, सूचना–प्रविधि, उर्जा, पर्यटन, अटोमोटिभ, इन्सोरेन्स, ट्राभल, इन्फोटेन्टमेन्ट, हस्पिट्यालीटी लगायतका विभिन्न क्षेत्रमा लगानी बिस्तार गर्दै मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्दै आइरहेको छ ।