काठमाण्डौ । नेपालकै इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो आईपीओमा पहिलो दिन नै केही घन्टाभित्रै अचाक्ली आवेदन परेको छ।
नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को यो आईपीओमा खुलेको केही घन्टामै आवेदनको ओइरो लागेको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार अपराह्न ४ः४० को तथ्यांकअनुसार यो आईपीओमा २ लाख ८५ हजार ३१८ आवेदकबाट ३ करोड ७० लाख ६२ हजार ६७० कित्ताका लागि आवेदन परेको छ।
यो हिसाबले बैंकको यस आईपीओमा यतिधेरै आवेदन परेको नयाँ रेडर्क नै हो। हालसम्म खुलेका अन्य आईपीओमा केही घन्टाभित्रै यति धेरै आवेदन परेको थिएन।
बैंकले आजबाट कुल ८ करोड कित्ता आईपीओ निष्कासन गरोको छ। कुल ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको छ। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको छ।
यो आईपीओमा छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन मिल्ने सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर पोर्टल तथा एपमार्फत पनि आईपीओमा आवेदन दिन सकिनेछ।
हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पुँजी २० अर्ब पुग्नेछ।
इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था मध्यम, समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ।
8 hours ago
9 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
14 hours ago