काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रमले शुक्रबार पनि निरन्तरता पाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ४०० रुपैयाँ घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँमा सीमित बनेको छ। 

हिजो बिहीबार पनि सुनको भाउ तोलामै ७०० रुपैयाँले ओरालो लागेको थियो। योसँगै हिजो प्रतितोला फाइन गोल्ड ९४ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

गत बुधबार भने तोलामा १०० रुपैयाँले घट्दै प्रतितोला फाइन गोल्ड ९५ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

समग्रमा यो साता सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घटेको छ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २१० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १५ रुपैयाँ घटेर चाँदी १ हजार २१५ रुपैयाँमा कारोबार भएको थियो। 

गत बुधबार भने तोलामा १० रुपैयाँ बढ्दै चाँदी १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो। 

समग्रमा यो साताभरि चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ।