काठमाण्डौ । विश्वको अर्थतन्त्रको अवस्था जनाउने अमेरिकी ‘डाउ जोन्स’ र ‘एसएन्डपी ५००’ सूचकहरु विगत ६ महिनामा रेकर्ड स्तरबाट क्रमशः १५ र २० प्रतिशतले झरेका छन्।

गत शुक्रबार मार्च २०२० अर्थात कोरोना महामारी सुरु भएयताकै सबैभन्दा खराब दिन सावित भएको छ। तर, सेयर बजार कहिलेकाहीँ अस्थायी रुपमा घट्छ, जसलाई प्राविधिक भाषामा ‘करेक्सन’ भनिन्छ। तर, अहिले सेयर बजारमा ‘मन्दी’को वातावरण सुरु हुन लागेको विज्ञहरु बताउँछन्। 

जब कुनै पनि सेयरहरुको दाम अधिकतम स्तरबाट २० प्रतिशत तल झर्छ भने सेयर बजारमा ‘मन्दी’ आएको भनिन्छ। 

अर्को शब्दमा भन्नुपर्दा लगानीकर्ताले कुनै अवधिमा आफूले खरिद गरेकोभन्दा बढी बिक्री गरेको र फलस्वरूप बजारको दिशानिर्देशन गर्ने कम्पनीहरुको पुँजीकरण घटेको अवस्थामा बजार ’मन्दी’ भएको भनिन्छ।

एसएन्डपी ५०० सूचकांक १९२९ देखि २६ पटक मन्दीको चपेटामा परेको छ। तर, सन् १९२९ को आर्थिक मन्दीका कारण उत्पन्न अस्थिरताका कारण सन् १९५० सम्ममा १४ वटा यस्तो गिरावट आएको थियो। तर, त्यसपछिको ७२ वर्षमा १२ पटक यस्तो गिरावट आएको छ।

सन् १९७० को सुरुआतमा तेल संकटका कारण एसएन्डपी ५०० सूचकांकमा ठूलो गिरावट अनुभव भएको थियो। नोभेम्बर १९७३ देखि १९७४ सम्मको तीन महिनामा सूचकांक ४८.२ प्रतिशतले झरेको थियो। त्यसपछि अक्टोबर २००७ देखि नोभेम्बर २००८ को बीचमा २००८ को आर्थिक मन्दीको ठीकअघि सूचकांकले करिब ५२ प्रतिशतको ठूलो गिरावट रेकर्ड गरेको थियो।

दुई वर्षअघि फेब्रुअरी र मार्च २०२० बीचको एक महिनामा सूचकांक ३३ प्रतिशतले घटेको थियो। कोरोना महामारीको डरले आर्थिक मन्दी आउने डरले यस्तो भएको थियो।

बजार अहिलेसम्म कतिपटक मन्दीको चपेटामा परेको छ भन्ने अध्ययनले एसएन्डपी ५०० को डाउनट्रेन्ड औसत २८९ दिनसम्म चलेको देखाउँछ।

अर्कोतर्फ गिरावटको तथ्यांक हेर्दा परिसूचक त्यतिबेलाको उच्चस्तरबाट औसत ३६ प्रतिशतले घटेको पाइएको छ।

बजारमा बुलिस फेज ९९१ दिन (करिब साढे ३ वर्ष) रहेको छ र औसत नाफा ११४ प्रतिशत रहेको छ।

मन्दीको तुलनामा बुलिस बजारको अवधि लामो समयसम्म रहन्छ। बजारमा उछाल आउँदा त्यसबाट हुने नाफा पनि मन्दीमा हुने घाटाभन्दा धेरै हुन्छ। किनकि लामो समयमा अर्थव्यवस्थाको विस्तार भइरहेको हुन्छ। बजार मजबुतका साथ अगाडि बढिरहेको हुन्छ। त्यसपछि छोटो समयका लागि गिरावट आउँछ र फेरि मन्दी मजबुत चरणमा जान्छ।

हालसम्मको बजार बढोत्तरीको सबैभन्दा लामो अवधि सन् २००९ र २०२० को बीचको थियो। यो अवधिमा नाफा ३०० प्रतिशतभन्दा बढी भएको यिथो।

विज्ञहरु बजार ओरालो लागेको बेला सेयर किन्ने र बजार उकालो लागेको बेला बेच्न लगानीकर्तालाई सल्लाह दिइन्छ। त्यो नै सेयर बजारमा लग्नेहरुका लागि सही व्यावसायिक रणनीति पनि हो। –एजेन्सी