काठमाण्डौ । बजारले नयाँ उचाइ कायम गरिरहँदा लगानीकर्ताको मनोबल पनि उच्च हुँदै गएको छ। 

नेपालमा अहिले सेयर बजारको माहौल तातिरहेको छ। लगानीकर्ता पनि सक्रिय रुपमा सेयर किनबेचमा लागिरहेको छ। 

यो साताबाट बैंकिङ सेक्टर चमक देखिन थालेको छ। गत साता बीमा र लघुवित्त समूहमा चमक देखिएको थियो। बुलिस ट्रेन्डमा रहेको बजारमा अहिले सेक्टरवाइज बढोत्तरी भइरहेको बजार पण्डितहरु बताउँछन्। त्यसैले लगानीकर्ताहरु बजारको अवस्था हेरेर सोचविचार गरी लगानी गर्दा सुरक्षित र प्रतिफल पनि राम्रै प्राप्त गर्ने उनीहरुको तर्क छ।

यो साता निर्जीवन बीमा समूहको प्रदर्शन हेर्दा १९ वटा निर्जीजीवन कम्पनीमध्ये ६ वटाको सेयरमूल्य बढेको छ भने १२ वटाको घटेको छ। राष्ट्रिय बीमा कम्पनीको भने नेप्सेले कारोबार रोक्का राखेको छ।

यो साता नेको इन्स्योरेन्सका सेयरधनीहरुले धेरै कमाएका छन्। गत साताको तुलनामा यो कम्पनीको सेयरमूल्यमा १९६ रुपैयाँ बढेको छ। गत बिहीबार अन्तिम कारोबार मूल्य १ हजार ५८२ रुपैयाँ रहेकोमा बढेर यो साता १ हजार ७७८ रुपैयाँ पुगेको छ। 

त्यस्तै सगरमाथाको सेयरमूल्य पनि यो साता ९८ रुपैयाँले बढेर १ हजार ५७७ पुगेको छ। अघिल्लो बिहीबार यो कम्पनीको सेयरमूल्य १ हजार ४७९ रुपैयाँ कायम भएको थियो। 

प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य पनि ६० रुपैयाँले बढेको भने शिखर इन्योरेन्सको ५५ रुपैयाँ बढेको छ। यी दुवै यो साताको बिहीबारमा अन्तिम कारोबार मूल्य क्रमशः ८८१ रुपैयाँ र २ हजार ७३४ पुगेको छ। 

एनएलजी इन्स्योरेन्सको सेयरमूल्य २८ रुपैयाँ बढ्दा लुम्बिनी जनरल इन्स्योरेन्सको २६ रुपैयाँ बढेको छ। यी दुवैको प्रतिकित्ता सेयर क्रमशः १ हजार १४८ रुपैयाँ र ८०६ रुपैयाँ कायम भएको छ। 

यो साता आईएमई जनरल इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाएका छन्। यो कम्पनीको सेयरमूल्यमा ७३ रुपैयाँको गिरावट आएको छ। गत साता बिहीबार १ हजार ११८ रुपैयाँ कायम भएको यो कम्पनीको सेयरमूल्य यो साता घटेर १ हजार ४५ रुपैयाँमा सीमित बनेको छ। 

हेरौँ कुन कम्पनीले कति कमाए अनि कति गुमाए–