काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमा व्यवसायबाट मात्रै १ अर्ब ९८ करोड ८१ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन्।
चालु् आर्थिक वर्षको २ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले ८ वटा बीामलेख जारी गरी कुल ७ अर्ब ८ करोड ५२ रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन्। यसआधारमा निर्जीवन बीमा कम्पनीहरुको २८ प्रतिशत व्यवसाय मोटर बीमामा निर्भर रहेको छ।
त्यस्तै, सम्पत्ति बीमा व्यवसायमार्फत कम्पनीहरुले १ अर्ब ८९ करोड ५७ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन्। भदौ मसान्तसम्म सम्पत्ति बीमा व्यवसायको हिस्सा २६ प्रतिशत रहेको छ। निर्जीवन बीमा कम्पनीहरुका आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर रहेको प्राधिकरणले जनाएको छ।
निर्जीवन बीमा कम्पनीहरुले हाल ८ वटा बीमालेखहरु बिक्री गरिरहेका छन्। कम्पनीहरुले मोटर र सम्पत्ति बीमालेखबाहेक अन्य बीमालेखहरुको दायरा बढाउने अभ्यास गरिरहँदा ५४ प्रतिशत व्यवसाय सम्पत्ति र मोटरमा नै निर्भर रहेको देखिएको छ।
कम्पनीहरुको कृषि तथा बाली बीमालेख व्यवसायमा भने खासै सुधार देखिएको छैन। सरकारबाट ८० प्रतिशत अनुदान भएपनि कृषि बीमामा बीमितहरुको आकर्षण नरहेको एक कम्पनीका अधिकारीले भने।
भदौ मसान्तसम्म कृषि तथा बाली बीमालेखमार्फत ३५ करोड ४६ लाख, इन्जिनियरिङ तथा ठेक्कापट्टा बीमामार्फत ९१ करोड ४८ लाख, विविध बीमालेखमार्फत ९५ करोड ८८ लाख, हवाई बीमालेखमार्फत ४९ करोड ३६ लाख, सामुद्रिक बीमालेखमार्फत ४७ करोड ४४ लाख र लघुबीमालेखमार्फत ४८ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन्।
8 minutes ago
23 minutes ago
45 minutes ago
1 hour ago
58 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago