काठमाण्डौ । देशको सातै प्रदेश ७७ वटै जिल्लामा १८१ शाखा कार्यालय स्थापना गरी ग्रामीण क्षेत्रमा प्रभावकारी रूपले वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गरिरहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कोभिड–१९ को संक्रमण बढिरहेको आपतकालीन अवस्थामा कोराना भाइरसबाट संक्रमित नागरिकहरूको जिउधनको सुरक्षा गर्न सहयोग पु¥याउनको लागि नेपाल सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग स्वरूप १ करोड ३ लाख ५८ हजार ४ सय ४९ रूपैयाँ जम्मा गरेको छ ।
 
त्यसैगरी, संस्थाले नेपाल सरकार, प्रदेश सरकारहरूले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग स्वरूप प्रत्येक प्रदेशलाई समान ४ लाखका दरले कुल रकम २८ लाख यस अघि नै जम्मा गरिसकेकोे साथै कोरोना भाइरस माहामारीको प्रतिकूल अवस्थाका कारण ग्राहक सदस्यहरूको परियोजना आशिंक रूपमा बन्द भएकोले त्यस्ता ग्राहक सदस्यहरूलाई आ.व. २०७६-७७ मा २ करोड ९ लाख २९ हजार ७ सय रूपैयाँ व्यवसाय पुनस्र्थापनाको लागि राहत-अनुदान प्रदान गरेको समेत संस्थाले जानकारी दिएको छ ।