काठमाण्डौ । कोभिड–१९ को संक्रमणका कारण सिर्जित विषम परिस्थितिका कारण समस्यामा परेका आफ्ना अतिविपन्न परिवारका ऋणी सदस्यहरुलाई निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ करोड २५ लाख रुपैयाँ आर्थिक अनुदान सहयोग गरेको छ। 

संस्थाका ऋणी सदस्यहरूको व्यवसाय सञ्चालन सहज रुपमा हुन नसकेकोले आंशिक वा पूर्ण रूपमा व्यवसाय बन्द भई आर्थिक आम्दानी नभएकोले कतिपय ऋणी सदस्यहरू प्रभावित भएका छन्। त्यस्ता सदस्यहरुको व्यवसाय पुनस्र्थापना गरी आर्थिक र सामाजिक अवस्थामा सुधार गर्ने उद्देश्यले आर्थिक अनुदान सहयोग गरिएको संस्थाले जनाएको छ। 

संंस्थाका १८१ शाखा कार्यालयहरूका समस्यामा परेका तथा अतिविपन्न ७ हजार २५० ऋणी सदस्यलाई प्रतिऋणी सदस्य १० हजार रुपैयाँका दरले वितरण गरिएको संस्थाले जनाएको छ। 

देशमा रहेको आर्थिक, सामाजिक तथा मानसिक गरिबी र त्यसबाट सिर्जित असमानता कम गर्ने उद्देश्यले स्थापना भएको संस्थाले ७७ वटै जिल्लामा रहेका १८१ शाखा कार्यालयमार्फत गत भदौसम्म ३ लाख ७३ हजार ९४६ विपन्न गरिब घरधुरीमा प्रभावकारी रूपले वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गरिरहेको छ।