काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको समीक्षा अवधिको यो नाफा गत वर्ष यही अवधिको तुलनामा ८५.८५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ४० करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

संस्थाको सञ्चालन मुनाफा पनि ह्वात्तै घटेर ९ करोड ७ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ६३ करोड ९८ लाख रुपैयाँ रहेको थियो।

संस्थाको सञ्चालन मुनाफा भने १५.२७ प्रतिशतले बढेर १ अर्ब ३ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा ९० करोड २१ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले ६ अर्ब ४७ करोड रुपैयाँ सापटी लिई २२ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ८ अर्ब ४ करोड रुपैयाँ सापटी लिई २० अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

१ अर्ब ५० करोड चुक्तापुँजी रहेको संस्थाले रिजर्भको आकार ९१.३४ प्रतिशतले बढाएर २ अर्ब ८८ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा १ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५३.८९ रुपैयाँबाट घटेर ७.६३ रुपैयाँमा सीमित बनेको छ। पीई रेसियो १७६.२४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २९२.६२ रुपैयाँ रहेको छ।