काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणभास डाकेको छ।

संस्थाको गत माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले यही फागुन २५ गते वार्षिक साधारणसभा डोकेको हो। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव कुल १३.६८ प्रतिशतले लाभांश अनुमोदन गर्नेछ। जसमा १३ प्रतिशतले हुन आउने बोनस सेयर र ०.६८ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही फागुन ११ गतेदेखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन १० गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।