काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज सोमबार (फागुन १० गते) अन्तिम दिन रहेको छ।

संस्थाले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि फागुन ११ गतेदेखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज फागुन १० गतेसम्म कायम सेयरधनीहरुमात्र संस्थाले डाकेको वार्षिक साधारणसभामा सहभागी हुन र प्रस्ताव गरेको लाभांश पाउन योग्य हुनेछन्।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट कुल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १३ प्रतिशत बोनस र ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहका छन्।

प्रस्तावित लाभांश संस्थाले यही फागुन २५ गते डाकेको २२ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।