काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षको बोनस सेयरका लागि निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ।
नेप्सेले निर्धन उत्थान लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १ हजार ४४० रुपैयाँ कायम गरेको हो। यसअघि यो लघुवित्तको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १ हजार ६२७ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै निर्धन उत्थान लघुवित्तको सेयर कारोबारमा आउनेछ।
निर्धन उत्थान लघुवित्तले गत आर्थिक वर्षका लागि कुल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
प्रस्तावित लाभांश संस्थाले यही फागुन २५ गते डाकेको २२ औँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ। लाभांश र सभा प्रयोजनका लागि संस्थाले आज फागुन ११ गतदेखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो फागुन १० गतेसम्म कायम सेयरधनीहरुमा लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
5 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
11 hours ago