काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सम्पन्न २२ औँ वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको कुल १३.६८ प्रतिशत लाभांश अनुमोदन गरेको छ। 

संस्थाको वार्षिक साधारणसभा काठमाण्डौ नक्सालमा भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो। सभाले निर्धन उत्थानको सभाले गत आर्थिक वर्ष २०७६र७७ का लागि प्रस्तावित कुल १३.६८ प्रतिशत लाभांश पारित गष्रेको हो। जसमा १३ प्रतिशतले हुन आउने बोनस सेयर र ०.६८ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

सभाले अन्य उपयुक्त लघुवित्त संस्थासँग आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ। 

सभाले वार्षिक, आर्थिकलगायत महत्वपूर्ण प्रतिवेदन पनि अनुमोदन गरेको छ।