काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा संस्थाले ३ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८३.८८ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २० करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ४६.२८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५६ करोड ६८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर ३० करोड ४५ लाख रुपैयाँमा सीमित बनेको छ। 

पहिलो त्रैमासमा संस्थाले ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ५१ करोड ५९ लाख रुपैयाँमा थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि ६.९६ प्रतिशतले ओरालो लागेको छ। 

चुक्तापुँजी २ अर्ब १९ करोड संस्थाको रिजर्भको आकार १.११ प्रतिशतले घटेर १ अर्ब ७८ करोड रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ८० करोड रुपैयाँ थियो। 

समीक्षा अवधिमा संस्थाले १८ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ८८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १८ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

पहिलो त्रैमासमा संस्थाको एनपीएल बढेर ७.१४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ३.५९ प्रतिशत थियो। 

वार्षिकीकृत संस्थाको ईपीएस ८७.५५ प्रतिशतले घटेर ५.९३ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस ४७.६५ रुपैयाँ थियो। पीई रेसियो १५३.६४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ ११७.१२ रुपैयाँ रहेको छ।