काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। 

संस्थाको सञ्चालक समितिको मंगलबार (पुस १९ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब १९ करोड ५० लाख २५ हजार रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ४३ करोड ९० लाख ५ हजार रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा १९ प्रतिशतले हुन आउने ४१ करोड ७० लाख ५४ हजार ७५० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशले हुन आउने २ करोड १९ लाख ५० हजार २५० रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।