काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ढुंगागिट्टी, सिमेन्ट, प्लास्टरजस्ता निर्माण सामग्रीको आयातलाई सहजता प्रदान गरेको छ।
राष्ट्र बैंकले शुक्रबार एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै सतप्रतिशत मार्जिन लाग्ने यी वस्तुलाई त्यो सूचीबाट हटाएको हो।
यसअघि ती वस्तु आयात गर्दा आयातकर्ताले सुरुमै बैंकमा पैसा भुक्तानी गर्नुपर्ने व्यवस्था थियो। राष्ट्र बैंकले सतप्रतिशत मार्जिन लाग्ने ती वस्तुलाई उक्त सूचीबाट हटाएपछि अब भने त्यसो गर्नु नपर्ने भएको छ।
अब बैंकहरुले आवश्यक ठानेको रकममात्र भुक्तानी लिन सक्छन्। पछि सामान आएर बिक्री भएपछि भुक्तानी गर्दा हुने भएको छ।
सार्वजनिक खरिद कानुन लागू हुने निकायहरुले बोलपत्र आह्वान गरी खरिद गर्दा त्यस्तो बोलपत्रदाताले सम्बन्धित सार्वजनिक निकायलाई आपूर्ति गर्ने प्रयोजनका लागि गर्ने आयातमा पनि मार्जिन आवश्यक नपर्ने भएको छ।
यसैगरी सर्जिकल उपकरण आयातमा पनि मार्जिन आवश्यक नपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।
7 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago