काठमाण्डौ । देशभर आज प्रदेश र प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान भइरहेको छ। जसका कारण यात्रु नहुँदा काठमाण्डौ र उपत्यकाबाहिरबाट हुने सुगम क्षेत्रका सबै उडान बन्द भएका छन्।
प्रमुख वायुसेवा कम्पनीहरु बुद्ध, तारा, श्री, सौर्य र गुण एयरलायन्सले आइतबार भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगन्ज, धनगढी, सुर्खेत, पोखरा र तुम्लिङटारमा उडान भरेनन्। काठमाण्डौबाहिरका रुटमा हुने अन्तरप्रदेश उडान पनि निर्वाचनका कारण स्थगित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
आज रामेछाप, लुक्ला र काठमाण्डौ रुटमा मात्रै उडान हुँदैछ । लुक्लाका लागि तारा, समिट र सीता एयरले भने पर्यटकहरु ओसार्न १५ वटा उडान राखेको कार्यालयले जनाएको छ।
दैनिक दुइतर्फी १२६ वटा उडान भर्दै आएको बुद्ध एयरले आइतबार कुनै पनि उडान राखेको छैन। १६ वटा विमानबाट दैनिक कम्तीमा ६ हजार यात्रु उडाउने बुद्ध आन्तरिक उडानमा सबैभन्दा धेरै यात्रु ओसार्ने वायुसेवा हो। बुद्धले आइतबार उडान नहुने भएपछि काठमाण्डौबाहिर रहने (नाइट–स्टप) कुनै पनि जहाज राखेको छैन।
यसैगरी दैनिक दुईतर्फी करिब ५६ उडान भर्दै आएको यती एयरलायन्सले पनि निर्वाचनका कारण सबै उडान राकेको छ। दैनिक दुईतर्फी करिब २८ उडान गर्दै आएको गुण, करिब २२ उडान गर्दै आएको श्री र करिब १८ उडान गर्दै आएको सौर्यले पनि न्यून बुकिङ र निर्वाचनका कारण आइतबार सबै उडान बन्द गरेका छन्।
आज अन्तर्राष्ट्रियतर्फ भने काठमाण्डौका लागि ४० वटा उडान हुने विमानस्थल कार्यालयले जनाएको छ।
27 minutes ago
35 minutes ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago