काठमाण्डौ । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा जारी मतगणनाको पहिलो नतिजा औपचारिक रुपमा सार्वजनिक गरेको छ।

औपचारिक रुपमा सार्वजनिक गरिएको तथ्याङ्कमा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले ४०२ मत पाएका छन् भने केशव स्थापितले ३१९ मत पाएका छन्। 

कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २०२ मत पाएकी छन्। 

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६४ मत पाएका छन्।

राप्रपा उम्मेदवार मदनदास श्रेष्ठले ५३ मत पाएका छन् भने विवेकशील साझाकी उम्मेदवार समीक्षा बास्कोटाले १३ मत पाएकी छन्।

आयोगका अनुसार अहिले महानगरका वडाहरू १, २, ३, ४ र ३२ को मतगणना जारी छ ।

आयोगले औपचारिक रुपमा मतपरिणाम ढिलोगरी सार्वजनिक गरे पनि मतगणनास्थलमा रहेका हाम्रा प्रतिनिधिहरुले भने बालेनले १ हजार बढी मत ल्याइसकेको र निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तर पनि फराकिलो बनाउँदै लगेको बताएका छन् ।