काठमाण्डौ । एनआइबीएल सहभागिता फण्ड (खुलामुखी योजाना) स्वचालित कारोबार प्रणाली आज आइतबारदेखि लागू भएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानीकोष नियमावली, २०६७ बमोजिम नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबीएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालनमा रहेको एनआइबीएल सहभागिता फण्ड (खुलामुखी योजाना) सञ्चालनमा आएको एक वर्ष पूरा भइसकेको छ । यसै परिपेक्षमा योजना व्यवस्थापकले आवश्यक पूर्वाधार निर्माण गरी यस योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पँहुचलाई ईन्टरनेटको माध्यमद्धारा आम लगानीकर्ताहरु माझ सहजै उपलब्ध गराउने उद्देश्यका साथ यस फण्डको स्वचालित कारोबार प्रणाली आज आइतबारदेखि लागू गरेको जनाएको छ ।

साथै, यस योजनाको स्वचालित विद्युतीय कारोबार प्रणाली मार्फत आम लगानीकर्ताहरु तथा इकाईधनीहरुले हालका लागी योजनाका ईकाई खरिद गर्न सक्ने, व्यवस्थित लगानी योजनामा दर्ता, व्यवस्थित लगानी योजनाको किस्ता रकमको भुक्तानी,युजर लगइन दर्ता तथा युजर लगइन मार्फत अन्य विभिन्न सुविधाहरु प्राप्त गर्न सक्ने जानकारी गराइएको छ ।