सुरक्ष संवेदनशिलता , अविस्वास हो वा हेपाहा प्रवृति कुन्नी के नाममा हो , भारतीय राष्ट्रपति प्रणव मुखर्जी शीतल निवासमा छिर्नुअघि त्यहाँ सजाइएको एउटा फुलदानी धुजाधुजा भएको छ ।

आजको जनआस्था साप्ताहिकमा खबर छ – गत बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सिधै प्रधानमन्त्रीले प्रयोग गर्ने बुलेटप्रुफ कारमा नेपाली राष्ट्रपति विद्या भण्डारीसँगै बसेर मुखर्जी शितल निवास आएका थिए । सो भन्दा अगाडि नै भारतीय सुरक्षाकमीले राष्ट्रपति भवनको बैठकस्थलको सुरक्षा जाँच गर्ने क्रममा टेवलमा सजाइएको फुलदानी भुईमा खसालेर फुटालेका हुन ।

ब्रिफकेशबाट एउटा मेशिन निकालेर असावधानी पूर्वक यताउता छुवाउँदै गर्द फूलदानी खसेको कांग्रेस केन्द्रीय कार्यलय , सानेपातिर खबर पुगेको छ । संयोगले सो फूलदानी चीन निर्मित थियो । मुखर्जी शितल निवास छिरेपछि ५ मिनेट होल्ड्रि रुममा नै बसे जहाँ भण्डारीले आफ्ना दुई छोरीको परिचय गराइन । बैठक कक्षमा दुवै पक्षका १२/१२ जना बसेर कुराकानी भएपछि उनीहरु पहिलो तल्लामा रहको क्रोडिन्सियल कक्षमा बसे जहाँ ४०/४५ जना जतिको उपस्थिति थियो ।

मुखर्जीका एसडी चाही छालाको एउटा ठूलो ह्याण्ड ब्याग बोकेर उपस्थित थिए । भारतीय राष्ट्रपतिको सुरक्षार्थ काश्मिरमा भिभिआइपीहरुको भ्रमणका बेला दिइने विशेष सुरक्षा प्रवन्ध  ‘जेड प्लस ’ विधि नै अपनाइएको थियो । जानकारहरुका अनुसार , भारत र पाकिस्तानको बढ्दो तनाव तथा मुखर्जी सरकारमा रहँदा काश्मिर लगायत क्षेत्रमा भएका केही कारबाहीका कारण पनि उनको सुरक्षार्थ विशेष सुरक्षा व्यावस्था जरुरी परेको हो ।