काठमाण्डौ । नेपालको सबैभन्दा लोकप्रिय अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले विगत ३ वर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको अनलाइन फुड फेस्टिवल यस वर्ष पनि पर्सि शुक्रबारदेखि आयोजना गर्ने भएको छ।

फुडमाण्डूले प्रविधिमा आधारित नेपालको सबैभन्दा ठूलो फुडफेस्टिवल सन् २०१७ देखि नियमित रुपमा आयोजना गरिरहेको छ, । जसमा कम्पनीले उत्कुष्ट खानेकुराका साथै आफ्ना ग्राहकहरुलाई मनोरन्जनसमेत प्रदान गर्दछ।

एक सातासम्म संचालन हुने अनलाइन फुडफेस्टिवलमा उत्कुष्ट फुड डिलसहित अग्मेन्टेडरियालिटी गेमका साथसाथै पहिलोपटक लाइभ म्यूजिकसमेत आयोजना गर्दैछ।सो लाइभ म्यूजिक इभेन्टमा ज्योभनभुजु, संजय महत, उज्वलमान श्रेष्ठ, प्रसन्ना अधिकारी लगायतका कलाकारहरुले आफ्नो विशेष परफरमेन्स प्रस्तुत गर्नेछन्।

फुडमाण्डूकोअनलाइन फुडफेस्टिवलमा पहिलो पटक पोखरामा समेत आयोजना हुनेछ।कम्पनीले केही दिन अघिमात्र पर्यटकीय नगरी पोखरामा आफ्नो सेवा बिस्तार गरेको थियो।अब भने पोखरेलीहरुले समेत नेपालको सबैभन्दा ठूलो अनलाइन फुडफेस्टको मज्जा लिन सक्नेछन्।

कम्पनीले वार्षिक रुपमा आयोजना गर्ने अनलाइन फुडफेस्टिवलमा कम्पनीले मोबाइल एप्समार्फत अर्डर गर्ने ग्राहकहरुलाई आकर्षक क्यासब्याकका साथसाथै अधिकतमरु.५०० बराबरको २५प्रतिशतसम्मको डिस्काउन्स अफर दिनेछ।त्यसैगरी कम्पनीले क्यूआर मार्फत भुक्तानीमा समेत छुटको सुबिधा दिनेछ।

अनलाइन फुडफेस्टिवलमा कम्पनीलेरु.१मा नै ग्राहकहरुलाई खानेकुरा उपलब्ध गराउनेछ भने फुडफेस्टिवलमा राखिएका गेमहरु खेलेर थप डिस्काउन्टसमेत प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी फ्लाश सेलमा दिनको तीन पटक एक एक घण्टाको अफर आयोजना गरिनेछ भने मिस्ट्री ब्याग अन्तरगत न्यूनतम मूल्यमा सरप्राइज फुड प्राप्त गर्न सकिनेछ ।

अनलाइन फुडफेस्टिवलमा फोनपे मार्फत क्यूआर पेमेन्ट गर्न सकिने र छुट प्राप्त गर्न सकिनेछ ।
हामीले अनलाइन फुडफेस्टिवल आफ्ना ग्राहकहरुलाई अनलाइनमार्फत फुड अर्डर बिक्री गर्ने मात्र नभएर ग्राहकहरुलाई मनोरन्जनसमेत गर्न चाहन्छौं।यस वर्ष हामी फुडफेस्टिभलमार्फत उत्कृष्ट खानासहित लाइभ म्यूजिक परफरमेन्समार्फत मनोरन्जनसमेत प्रदान गर्नेछौं, कम्पनीका माकेटिंग एण्ड सेल्स म्यानेजर श्याममालीले भने।अझ यस पटक हामीले पोखारामा समेत अनलाइन फुडफेस्टिवल आयोजना गर्ने हुँदा थप उत्साहित भएका छौं।

उनका अनुसार ग्राहकहरुले अनलाइन फुडफेस्टिवलमा विभिन्न गेममार्फत भारी डिस्काउन्टसमेत प्राप्त गर्नेछन्।
फुडमाण्डू अनलाइन फुडफेस्टिवलमा नेपालका उत्कृष्ट रेष्टुरेन्टहरु सहभागी छन जसमध्ये काठमाडौंमा ३० वटा रेस्टुरेन्ट तथा पोखरामा १४ वटा रेस्टुरेन्टहरु सहभागी हुनेछन्, जसले ग्राहकहरुलाई नौलो र उत्कृष्ट स्वादसहित खानेकुराहरुको प्याकेज ग्राहकहरुलाई उपलब्ध गराउनेछन्।