काठमाण्डौ। संयुक्त राष्ट्रसंघले सन् २०२१ मा नेपालको आर्थिक वृद्धि ऋणात्मक हुने प्रक्षेपण गरेको छ।
विश्वको आर्थिक अवस्थाबारे पछिल्लो रिर्पोट सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघले नेपाल आर्थिक वृद्धि ०.१ प्रतिशतले ऋणात्मक हुने प्रक्षेपण गरेको हो। यसअघि विश्व बैंकले भने यो वर्ष नेपालको आर्थिक वृद्धि ०.६ रहने अनुमान गरेको थियो। सरकारले भने चालु आर्थिक वर्षमा ७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धिदरको अनुमान गरेको छ।
नेपालले आगामी आर्थिक वर्षमा भने ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सक्ने राष्ट्रसंघको अनुमान छ।
अघिल्लो आर्थिक वर्षमा ०.६ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने हालै योजना आयोगले गरेको छ। राष्ट्रसंघले उक्त आर्थिक वर्षमा पनि नेपालको आर्थिक वृद्धिदर ०.५ प्रतिशतले ऋणात्मक हुने जनाएको छ।
राष्ट्रसंघका अनुसार नेपालको आर्थिक वृद्धिदर यो वर्ष दक्षिण एसियामै सबैभन्दा कमजोर अवस्थामा पुग्ने प्रक्षेपण गरेको छ।
दक्षिण एसियामा सबैभन्दा राम्रो आर्थिक वृद्धिदर माल्दिभ्सले प्राप्त गर्ने र उको आर्थिक वृद्धिदर ९.९ प्रतिशत रहने राष्ट्रसंघले अनुमान छ। यसैगरी भारतको ७ प्रतिशत, बंगलादेशको ५.१ प्रतिशत, अफगानिस्तानको ४.३ प्रतिशत, भुटानको ३.५ प्रतिशत, श्रीलंकाको ३.१ प्रतिशत र पाकिस्तानको ०.५ प्रतिशत रहने राष्ट्रसंघको प्रक्षेपण गरेको छ।
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago