काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले नेपालको अर्थतन्त्र विकासमा पुँजीबजारले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन्।
राजधनीमा आयोजित प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष हमालले अहिले घरघरमा सेयर बजार पुगेकोले नेपालको अर्थतन्त्रको विकासमा यसले ठूलो भूमिका खेलेको बताएका हुन्। ‘अहिले ठूलो संख्यामा लगानीकर्ताहरु पुँजीबजार भित्रिएका छन्’, उनले भने, ‘अहिले ५० लाख बढीले डिम्याट खाता खालिसकेका छन्। १२ लाख बढीले अनलाइनबाट कारोबार गर्छन्।’
हमालले अन्तर्राष्ट्रिय बजारमा जस्तो संस्थागत लगानीकर्ताको नेपालको सेयर बजारमा कमी रहेको बताए। ‘बुक बिल्डिङमार्फत रियल सेक्टरका कम्पनी आउँदा पुँजीबजार सन्तुलन हुनुका साथै राजस्व संकलन पनि बढ्छ’, उनले भने।
पुँजीबजारमा साना लगानीकर्ताको संरक्षण नै अहम मुद्दा रहेको हमालले बताए। ‘यसका लागि एक्सन प्लान बनाएर धितोपत्र बोर्ड अघि बढिसकेको छ’, उनले भने।
बजारमा हुने गरेका इन्साइडर ट्रेडिङ, सेयर कर्नरिङजस्ता अनुचित कार्य गर्नेहरुमाथि हालसम्म कारबाही हुन नसकेको भन्दै अध्यक्ष हमालले अब त्यस्ता गतिविधि रोक्न धितोपत्र बोर्ड सक्रिय हुने बताए। ‘त्यसका लागि ऐनमा रहेका हालको व्यवस्था नै परिमार्जन आवश्यक छ’, उनले भने, ‘यसका लागि ९० प्रतिशत काम अगाडि बढिसकेको छ। नियमावलीमा सुधार गर्न पनि आवश्यक छ।’
अब लगानीकर्ताका गुनासा सम्बोधन गर्न नयाँ प्रणालीको विकासका लागि अध्ययन भइरहेको पनि हमालले बताए। ‘हामी एप बेस्ड लगानीकर्ताका गुनासा लगानीकर्ता स्वयं र बोर्डको सम्बन्धित विभागले ट्रयाक गर्न सक्ने प्रणालीको विकासमा लागेका छौँ’, उनले भने।
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago