काठमाण्डौ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) अहिलेको ब्रोकर कमिसन घटाउन नहुने पक्षमा देखिएका छन्।
नेपाल धितोपत्र बोर्ड (सेबोन)को आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा सन्धनमा आज आयोजित सुझाव संकलन तथा छलफल कार्यक्रममा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले ब्रोकर कमिसन ज्यादै न्यून रहेकोले घटाउन नहुने सुझाव दिएका हुन्। ‘ब्रोकर कमिसन साउथ एसियामै नेपालको सबैभन्दा कम छ’, उनले भने।
मैनालीले उधारो कारोबारले नेपाल सेयर बजारमा जोखिम रहेको बढेको भन्दै सेबोनको ध्यानाकर्षण गराए। ‘विश्वकै एउटै मात्र देश नेपाल होला, जहाँ उधारोमा सेयर कारोबार गरिन्छ’, उनले भने, ‘यसले जोखिम बढेको छ, सेबोनको ध्यान जाओस् र उचित कदम चालोस्।’
हालसम्म ब्रोकरको शाखा विस्तारका लागि स्वीकृति प्रदान नगरेकोमा मैनालीले सेबोनलाई अवगत गराए। ‘१ वर्षअघि भिजिट गरेको शाखाको स्वीकृति दिनुहोस् भनेको ठाउँमा हालसम्म निरीक्षण भएको छैन’, उनले भने।
मैनालीले ब्रोकरलाई पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस, एड्भाइजरलगायतका क्षेत्रमा सेवा विस्तारका लागि सेबोनले पहल गर्नुपर्ने बताए।
मैनालीले नेपालको पुँजीबजार आकार फराकिलो भएकोले वित्तीय साक्षरता बढाउनुपर्ने सुझाव पनि सेबोनलाई दिए। उनले जलविद्युत कम्पनीहरुको बेलैमा त्रैमासिक वित्तीय विवरण प्रकाशित नहुनु, वार्षिक साधारणसभा नहुनु, लगानीकर्तालाई सूचित गर्ने वातावरण नहुनुले त्यसतर्फ सेबोनले उचित कदम चाल्नुपर्ने सुझाव पनि दिए।
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
16 hours ago