काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा अहिले देखिएको आर्थिक संकट लामो समयसम्म नरहने बताएका छन्।
काठमाण्डौको भृकुटीमण्डपमा आजबाट सुरु भएको नाडा ईभी एक्सपोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले यस्तो धारणा राखेका हुन्। ‘यद्यपि अर्थतन्त्र सुधारका लागि सरकार सचेत भने आवश्यक छ’, उनले भने।
अध्यक्ष गोल्छाले रेमिट्यान्स भित्रिने क्रम बढेकोले अर्थतन्त्र पनि चलायमान हुन थालेको बताए। ‘रेमिट्यान्स अझै २०–३० प्रतिशतसम्म बढ्न सक्छ’, उनले भने, ‘यसले तरलता सहज हुँदै जान्छ।’
गोल्छाले निर्यात विस्तारै बढिरहेको बताए। ‘सिमेन्ट र बिजुलीको निर्यात बढेको छ’, उनले भने, ‘पर्यटन क्षेत्र पनि चलयमान बनेको छ, यसले अर्थतन्त्र सुधारोन्मुख भएको संकेत गर्छ।’
अध्यक्ष गोल्छा अहिलेको परिस्थितिमा नाडा ईभी एक्सपो निकै महत्वपूर्ण हुने बताए। ‘अहिले हरेक देशलाई ईभीलाई प्रोत्साहन गरेका छन्’, उनले भने, ‘नेपालले ईभीलाई प्रोत्साहन गर्ने नीति लिएको छ। यो प्रशंसनीय नै छ।’
18 hours ago
19 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago
20 hours ago
21 hours ago
21 hours ago
21 hours ago