काठमाण्डौ । नेपाल बैंकर्स अशोसिएसन(एनबीए)का उपाध्यक्ष सन्तोष कोइरालाले विश्वव्यापी आर्थिक मन्दीको प्रभावलाई कम गर्न बेलैमा बुद्धिमतापूर्वक कदम नचालिए नेपालको बैंकिङ क्षेत्रमा सिस्टेमिक रिस्क आउनसक्ने चेतावनी दिएका छन् ।
आज काठमाण्डौमा आयोजित पत्रकार भेटघाटमा एनबिएका नवनिर्वाचित उपाध्यक्ष कोइरालाले त्यस्तो चेतावनी दिएका हुन् ।
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका कोइरालाले बैंकिङमा प्रणालीगत जोखिम जुनसुकै अवस्थामा आउनसक्ने भए पनि त्यसलाई न्यूनिकरण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘हामी कुनै त्यस्तो जोखिम नआओस् भन्ने कुरामा सचेत छौं ।’ उनले भने–‘अरु क्षेत्र पनि बैंकिङको विषयमा सचेत हुनुपर्छ । सिस्टममा चल्ने बैंकहरुलाई जथाभावी दवाब दिन थालियो भने जोखिम आउन कुनै क्षण लाग्दैन ।’
उनले आन्दोलन गरेर र चर्का नारा लगाएर बैंकबाट लिएको ऋण र ब्याज तिर्दिँन भन्न नपाइने समेत प्रष्ट पारे । ‘यस्तो गैरजिम्मेवार काम कसैले गर्न पाइन्न ।’ उनले थपे–‘आफ्नो स्वार्थका लागि सिस्टममा चलेका क्षेत्रमा अनावश्यक दवाब सिर्जना गर्न थालियो, अनावश्यक हस्तक्षेप गर्ने कोशिश गरियो भने यसले समग्र प्रणालीलाई जोखिममा पार्नसक्छ ।’
उनले पुसपछि प्रणालीमा निक्षेप बढ्न थालेकै कारण आफूहरुले निक्षेपको ब्याज समयमै घटाएको प्रष्ट पारे । ‘बैशाखदेखि अझै अवस्था सहज हुन्छ भन्ने अपेक्षा छ ।’ उनले थपे–‘बैशाखदेखि आधारदर पनि घटेर आएपछि ऋणिहरुले पनि राहात महसुस गर्नेछन् ।’
6 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago