काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपालबाट सेवा उपलब्ध गराएबापत विदेशबाट रकम भित्र्याउन नयाँ व्यवस्था थप गरेको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत परिपत्र, २०७८ मा परिमार्जन गर्दै थप व्यवस्था गरेको हो। जसअनुसार नेपालमा स्थापना भएका कुनै फर्म, कम्पनी, संस्था वा प्राकृतिक व्यक्तिले विदेशस्थित सेवा खरिद गर्ने फर्म, कम्पनी, संस्था वा प्राकृतिक व्यक्तिलाई नेपालबाट सेवा उपलब्ध गराएबापत बैंकिङ प्रणालीको माध्यमबाट (नगद बाहेक) रकम भित्र्याउने पाउनेछन्। त्यसका लागि कागजातहरु यकिन गरी बैंक तथा वित्तीय संस्थाले सम्बन्धित नेपाली निर्यातकर्ताको खातामा रकम जम्मा गर्न सक्ने छन्।
यसरी रकम जम्मा गर्न निर्यातकर्ताको स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि आवश्यक पर्नेछ भने सेवा आयातकर्तालाई जारी गरिएको बीलबीजक वा खरिद आदेश पनि अनिर्वाय गरिएको छ।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थालगायत अन्य प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवस्थाहरुको पालना भएको वा पालना हुनेसम्बन्धी निर्यातकर्ताको स्वघोषणा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
सेवा निर्यातको भुक्तानी स्विफ्ट, ड्राफ्ट÷टीटीलगायत विद्युतीय भुक्तानीका उपकरणमार्फत प्राप्त गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ। भारुमा भएको निर्यातको हकमा नेपाली रुपैयाँको खातामा मात्र जम्मा हुनेछ।
यसअघि नेपालबाट सेवा उपलब्ध गराउँदा अब विदेशबाट रकम भित्र्याउन यी व्यवस्थाहरु लागू गरिएको थिएन।
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
19 hours ago
19 hours ago
19 hours ago