काठमाण्डौ । नेपालका लागि फ्रान्सका राजदूत Gilles Bourbao ले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन्। 

अर्थ मन्त्रालयमा सोमबार भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन,  जलविद्युतलगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गरे। लगानीमैत्री वातावरणको लागि सरकार हरदम तयार रहेको उल्लेख गर्दै उनले त्यसका लागि सहजीकरण गरिदिन फ्रान्सेली राजदूतलाई आग्रह गरे। 

कोभिड महामारीको असर कम हुन नपाउँदै नेपालमा बमौसमी वर्षाले ठूलो क्षति पुर्याएकोले त्यसको पुनर्निर्माण र क्षतिपूतिका लागि आवश्यक सहयोग जुटाउने सकारात्मक कुराकानी भएको छ। 

यसका साथै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत भेटमा छलफल भएको छ।