काठमाण्डौ। विश्वको एकमात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समूहअन्तर्गत अटोमोबिल डिभिजनको ‘अल्फा अटोमोटिभ प्रालि’ नियुक्त भएको छ।

त्रिवेणी समूहले उत्पादन, कृषी, ट्रेडिङ, बैंकिंङ, इन्स्योरेन्स, उर्जा, रिटेल, मनोरन्जन, पर्यटनलगायतका क्षेत्रमा लगानी गर्दै आएको छ। अल्फा अटोमोटिभले रोयल इनफिल्डको दुईपांग्रे सवारीसाधनबाट नेपाल भरी आफ्नो बजार विस्तार एवं सफल व्यवस्थापन गर्ने रणनीतिक लक्ष्य लिएको छ। 

रोयल इनफिल्ड मोटरसाइकल नेपाली युवा पुस्तामाझ अधिक लोकप्रिय रहिआएको छ। नेपाली बजारमा सबै पुस्ताले विश्वास गरेर रुचाइएको एकमात्र ब्रान्ड रोयल इनफिल्ड हो। 

अल्फा अटोमोटिभले नेपाली बजारमा रोयल इनफिल्डका क्लासिक ३५०, इलेक्ट्रा, सिग्नल्स, मेटियुर, हिमालयन, कन्टिनेन्टल जिटी र इन्टरसेप्टरलगायतका मोडलहरु बिक्रीवितरण गर्नेछ।