काठमाण्डौ । होटेल व्यवस्थापनका लागि विश्वकै चर्चित समूह एकोर ग्रुपको व्यवस्थापनमा नेपालमा पहिलो होटेल सञ्चालन हुने भएको छ।
एसिया, युरोप, अफ्रिका एवं मध्यपूर्वका १०० बढी देशका ५ हजार ३०० बढी होटेलको व्यवस्थापन हेरिरहेको उक्त ग्रुपले काठमाण्डौमा निर्माणाधीन द मेट्रोपोलिटन होटेलको व्यवस्थापन हेर्ने भएको हो।
एकोरले मर्क्युअर होटेलको नामबाट १०५ कोठाको उक्त १० तले पाँचतारे होटेल सञ्चालनमा ल्याउनेछ। होटेलमा जिम, स्विमिङपुललगायत पाँचतारे होटेलमा आवश्यक सबै सुविधा उपलब्ध हुनेछन्।
होटेल सञ्चालनमा ल्याउनका लागि एकोर र मेट्रोपोलिटन होटेलबीच भएको सम्झौतामा दुवै कम्पनीका निर्देशकहरुले यो सहकार्य र व्यवसाय विस्तारलाई नेपालको पर्यटनको विकासमा सकारात्मक फड्को भनेका छन्।
एकोर कम्पनिले नेपालमा आउने विदेशी पाहुनाहरुलाई विश्वस्तरीय सेवाका साथमा नेपाली परम्पराअनुसारको आतिथ्यता दिएर स्वागत गर्ने जनाएको छ। एकोरका तर्फबाट अनिरुद्ध कुमार र पुनित धवनले विश्वभरमा रहेका आफ्ना ग्राहकका लागि नेपालमा पनि उपस्थिति जनाउन पाएकोमा खुसी व्यक्त गरेका छन्।
यो होटेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, व्यापार केन्द्रहरु, कर्पोरेट भवनका साथै फिटनेस केन्द्रहरुको नजिक छ। जसले गर्दा धेरैभन्दा धेरै मानिसलाई रेस्टुरेन्टका साथै सेमिनार, बैठक र सम्मेलनहरुको सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ।
हस्ताक्षर समारोहमा बोल्दै मेट्रोपोलिटन होटेल प्रालिका अध्यक्ष देशबन्धु बस्नेतले एकोरसँगको सहकार्यले आपसी समझदारी र सहकार्यको दीर्घकालीन सम्बन्धको सुरुआत गरेको बताए। उनले विश्वस्तरको ब्रान्डलाई नेपालमा ल्याउन पाउनु गौरवको कुरा भएको बताए।
बस्नेतले नेपालमा आउने आगन्तुकहरुले विश्वस्तरीय हस्पिटालिटी सेवा लिन पाउने अवसर सिर्जना भएकोमा खुसी व्यक्त गरे। उनले यो सम्झौता र सहकार्यले दुवै कम्पनीलाई नयाँ उचाइ दिने विश्वाससमेत व्यक्त गरे।
बस्नेत नेपालको एबी होल्डिङ्सका अध्यक्षसमेत हुन्। यो कम्पनीले नेपालका विभिन्न भागमा होटेल, रिसोर्टलगायत इन्जिनियरिङ र स्वास्थ्यका क्षेत्रमा धेरै प्रोजेक्टमा लगानी गरिरहेको छ।
45 minutes ago
55 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago