काठमाण्डौ । नेपालमा आर्थिक काम नगर्नेको संख्या करिब ९० लाख रहेको देखिएको छ।
आज सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार करिब ९० लाख मानिस आर्थिक क्रियाकलापमा संलग्न नरहेको पाइएको हो।
जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। तीमध्ये १० वर्ष वा सोभन्दा बढी उमेरका कुनै पनि आर्थिक काम नगरेका ८९ लाख ७५ हजार ५५८ मानिस छन्।
राष्ट्रिय जनगणनाको प्रतिवेदनमा उल्लेख भएअनुसार आर्थिक काममा संलग्न नहुनुका विविध कारण छन्। जसमा सबैभन्दा बढी ४६.९ प्रतिशतले विद्यार्थी भएका कारणले काम नगरेको देखिन्छ।
त्यसपछि अन्य कारणहरुमा क्रमशः घरधन्दा २१.९ प्रतिशत, वृद्धावस्था ११ प्रतिशत, पारिवारिक हेरचाह ७.५ प्रतिशत, अन्यमा ७.४ प्रतिशत, अशक्त तथा बिरामी २.५ प्रतिशत, पेन्सन तथा आयस्ता २.२ प्रतिशत र सामाजिक कार्य तथा स्वयंसेवा ०.३ प्रतिशत छन्।
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
13 hours ago