काठमाण्डौ । नेपाली बजारमा भिभो मोबाइललगायत एंकर र नोइजजस्ता मोबाइल उपकरणको आयातकर्ता र वितरक सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले आफ्ना ग्राहकसमक्ष उच्च गुणस्तरीय उपकरणको पहुँच बढाउनका निम्ति ताइवानको परिचित ‘प्रोमेट’ ब्रान्डका सामग्रीलाई नेपाल भित्र्याएको छ। 

सन् २०१७ मा स्थापना भएसँगै नेपाली बजारमा प्रवेश गरेको सेल्लुसिटीले मोबाइल तथा अन्य प्रविधिका उपकरणको बढ्दो मागलाई पूरा गर्दै आइरहेको छ। पूर्वदेखि पश्चिमभर प्रवाभकारी वितरण सञ्जाल भएको सेल्लुसिटीले अनलाइन माध्यमबाट प्रोमेटका उपकरणहरु वितरण गर्ने सोच बनाउँदै दराज अन्लाइन स्टोरसँग सहकार्य गरेको हो। 

प्राविधिक रुपले जानकार र उच्च गुणस्तरका उपकरण खोज्ने उपभोक्ताको आवश्यकतालाई पूरा गर्ने उद्देश्यले नेपालमा भित्र्याउन लागिएको ‘प्रोमेट’ एक ताइवान ब्रान्ड हो। सन् २००१ मा स्थापना भएर बजारमा आफ्ना उपकरण उपलब्ध गराउँदै प्रोमेटले हालसम्म लाखौँ ग्राहकको माया र प्रविधि क्षेत्रका थुप्रै पुरस्कारहरु पनि प्राप्त गर्न सफल बनिसकेको छ। 

स्मार्टफोन केस, ब्लुतुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटा केबल, कार चार्जर, इयर पड्स, हेडफोन र यूएसबी हबलगायत स्मार्टवाचहरु उत्पादन गर्दै आएको कम्पनीका सामान गुणस्तरीय र टिकाउ हुने गरेका छन्। 

उत्पादनमा नवीनता, गुणस्तर, र ग्राहक केन्द्रित सेवालाई प्राथमिकतामा राख्दै उच्च गुणस्तर प्रविधिद्वारा प्रयोगकर्ताको जीवनलाई सहज बनाउने लक्ष्य बोकेको प्रोमेटलाई नेपाल भित्र्याउँदै सेल्लुसिटीले प्रोमेटका सामा्रीका खरिदमा प्रयोगकर्तालाई आकर्षक अफर पनि दिने भएको छ। नेपालमा प्रोमेटको आगमनको उत्सव मनाउन जेठ २४ मा काठमाण्डौस्थित सोल्टी होटलमा सेल्लुसिटीले उद्घाटन कार्यक्रम सम्पन्न गर्दै आफ्ना अफर सार्वजनिक गरेको छ। 

स्मार्टफोन केस, ब्लुतुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटा केबल, कार चार्जर, इयर पड्स, हेडफोन युएसबी हबलगायतका सम्पूर्ण उपकरणमा २४ महिना र स्मार्टवाचमा १२ महिनाको वारेन्टी दिँदै जेठ ३२ सम्मको उद्घाटन अवधिभर दराज फ्लास सेलमार्फत आफना सामग्री खरिद गर्ने दुईजनालाई सेल्लुसिटीले एक–एकवटा सुनको सिक्का दिनेछ। 

त्यस्तै पहिलो १५० ग्राहकलाई ३० प्रतिशत छुट र लक्की ड्रमार्फत ५ जनालाई प्रोमेटका सामग्री केवल ९९ रुपैयाँमा प्रदान गर्ने पनि योजना सेल्लुसिटीले ल्याएको छ। एक हप्ता लामो यो अफर दराज अनलाइन स्टोरमा फ्लास सेल नामले जेठ ३२ सम्म लागू रहनेछ। यो उच्च गुणस्तरका उपकरण खोज्ने प्रयोगकर्ताका लागि एउटा सुवर्ण अवसर हो।