काठमाण्डौ । नेदरल्याण्डको इन्डिमोल साइनद्वारा संचालित बिग ब्रदरको फ्रेन्चाइज बिग बोस नेपालमा औपचारिक रुपमा आइम्याक्स प्रोडक्सनले ल्याउने निश्चित भएको छ ।

यो कार्यक्रम नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो फ्रेन्चाइज टिभि रियालिटि सो हुने आयोजकको दाबी छ । 

आइमेक्स प्रोडक्सन तथा इन्डिमोलसाइनको संयुक्त सहकार्यमा टेलिभिजनको सबैभन्दा ठूलो रियालिटी सो विग बोस नेपाल नेपालको ऐतिहासिक रुपमा आउने भएको हो ।

आइम्याक्स प्रोडक्सनले कानुनी रुपमा बिग ब्रदर नेदरल्याण्डद्वारा फ्रेन्चाइजी अफिसियली रुपमा ल्याएको हो । २०७५ वैशाख २ गते होटल सोल्टीमा एक समारोहको आयोजना गरी नेपालमा बिग बस औपचारीक रुपमा सुरु भएको जानकारी गराइएको छ । नेपाल भित्रिएको यो रियालिटि सो नेपालकै एक नेपाली टेलिभिजन च्यानलबाट चाँडै नै सुरु हुनेछ ।

यस कार्यक्रमको उद्वेश्य प्रतिभाहरुलाई सबैका माझ ल्याउनु तथा नेपाली चलचित्र उद्योगको विकासमा सहयोग पुर्याउनु रहेको बताइएको छ । 

नेदरल्याण्डको इन्डिमोल साइनद्वारा ५४ देशमा सफलतापूर्वक संचालित बिग ब्रदर टिमको पूर्ण सहयोगले ५५ औ देश नेपालमा पनि बिग बोस सफल बनाउने प्रतिबद्धता गरेको छ । देश अनुसार फरक फरक भाषामा सञ्चालित यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रसारण हुनेछ । यसरी सञ्चालन हुने कार्यक्रम विग ब्रदरकै संरचना अनुसार हुनेछ । 

यो कार्यक्रमको सञ्चालन नेपालको एक उत्कृष्ट कलाकारद्वारा हुनेछ । बिग बस भित्र रहने सहभागीहरु १०० दिनसम्म सञ्चार सम्पर्कविहीन भई बिग बसमा सहभागी हुनेछन् ।