काठमाण्डौ । नेपालमा कोरोना लागेर निको हुने दर हालसम्मकै उच्च भएको छ । केही दिनअघिदेखि लगातार नयाँ थपिने संक्रमितको संख्या भन्दा निको हुनेको संख्या लगातार बढेसँगै निको हुने दर हालसम्मकै उच्च कायम भएको हो । 

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार शुक्रबारसम्मको डेटाअनुसार निको हुने दर ७७ प्रतिशत हाराहारी पुगेको छ । गत २४ घण्टामा देशभरबाट ४ हजार ९६ संक्रमित निको भएका छन् । यो अवधिमा देशभरबाट ३ हजार ५१७ संक्रमित थपिएका छन् । 

शुक्रबारसम्मको तथ्यांकाअनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको छ भने निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । यो दिनसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । 

गत २४ घण्टामा देशभर थप १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म कुल मृतकको संख्या ९२० पुगेको छ । मृत्युको दर ०.५५ प्रतिशत रहेको छ ।