काठमाण्डौ । कोरोनाभाइरसविरुद्धको चिनियाँ खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ।

चीनको बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पोरेसनले उत्पादन गरेको कोरोविरुद्धको खोपले नेपालमा आपत्कालीन प्रयोगको अनुमति पाएको हो। उक्त कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ नामक खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको औषधि व्यवस्था विभागद्वारा जारी सूचमा उल्लेख छ। 

चीनले नेपाललाई ५ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ। हाल नेपालमा भारतले अनुदानमा दिएको १० लाख डोज कोभिसिल्ड खोप प्रयोग भइरहेको छ।