काठमाण्डौ । नेपालमा केहीबेर अघि भूकम्पको धक्का महसुस भएको छ । 

विशेष गरी पूर्वी नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । 

पूर्वी नेपालसहित कतिपय स्थानमा समेत भूकम्पको धक्का महसुस भएको ती क्षेत्रका बासिन्दाहरुले सामाजिक सञ्जालमा लेखिरहेका छन्। 

भूकम्प मापन गर्ने अन्तराष्ट्रिय संस्थाहरुले भूटानलाई केन्द्रविन्दू बनाएर ५ रिक्टर स्केलको भूकम्प गएको जनाएको छ । त्यसकै धक्का पूर्वी नेपालमा समेत महसुस भएको बताइएको छ । 

स्थानीय समयअनुसार राति ९ बजेर ४ मिनेट ५७ सेकेण्डमा २७.१५३ डिग्री नर्थ र ८८.९२६ डिग्री इस्टमा ८.४ किलोमिटर तीव्रताको भूकम्प गएको बताइएको छ ।