काठमाण्डौ । सन्तान प्राप्तिका लागि अनेकौँ प्रयास गर्दा पनि सफल नभएका दम्पतीले वात्सल्यमा आएर सन्तान प्राप्त गर्न पाउँदा आफ्नो जीवनमा चमत्कार भएको महसुस गर्छन्। अनि प्रायः दम्पतीहरु ‘डाक्टर साहब, तपाइँ त हाम्रा लागि भगवानकै रुप हुनुहुन्छ’ भन्छन्। 

यस्तो असाधारण अनुभवको पछाडि वात्सल्यमा पाइने अन्तर्राष्ट्रियस्तरको सेवाको मुख्य भूमिका रहेको बताउँछन्, कार्यकारी निर्देशक प्रशान्त सुवेदी। ‘निःसन्तान हुनु एकदमै असहज अवस्था हो। यसमा उपचारका साथै भावनात्मक सहयोगको पनि उतिकै भूमिका रहन्छ’, उनी भन्छन्, ‘दम्पतीमा भएको निराशालाई सकारात्मक सोचमा रुपान्तरण गर्नुपर्ने हुन्छ। त्यसैले वात्सल्यमा सुरुआतदेखि नै हामीले अन्तर्राष्ट्रियस्तरको प्रविधि, उच्चस्तरीय ल्याब, अन्तर्राष्ट्रिय अनुभव भएका प्रजनन् विशेषज्ञ, मिजासिलो व्यवहार भएका अन्य जनशक्ति र क्लिनिक भित्रकै सरसुविधाले पनि सहज अनुभव गराउन उचित वातावरणको निर्माणमा विशेष जोड दिएका छौँ।’

वात्सल्यमा आईभीएफ उपचार गराएर सफलता प्राप्त गरेकी पुनम थापा निकै हर्षित छिन्। ‘मलाई पहिलोपटक वात्सल्य आउँदा ‘नेपालमा पनि यस्तो ठाउँ छ र ? भन्ने लागेको थियो’, उनी भन्छिन्, ‘तर मलाई त विदेशमै आएकोजस्तो अनुभव भयो।’

वात्सल्यमा निःसन्तानसम्बन्धी सम्पूर्ण उपचार (निःसन्तान हुनुका कारण पहिचान र जाँच, निःसन्तान उपचारजस्तै आईयूआई, आईभीएफ, आईसीएसई, प्रसुतिपूर्वका सम्पूर्ण जाँच, फर्टिलिटी फ्रिजिङ, बालरोग उपचार) प्राप्त गर्न सकिन्छ। 

हालसम्म वात्सल्यबाट आईभीएफ मार्फत् १५०० भन्दा बढी, आईयूआई मार्फत् ३०० भन्दा बढी र प्राकृतिक रुपमा ४५० भन्दा बढी दम्पतीले सफलता प्राप्त गरिसकेका छन्। एउटा आईभीएफ चक्र सफलतापूर्वक पूरा हुन सुरुमा गरिने जाँच (अल्ट्रासाउन्ड, टीभीएस, होर्मोनल जाँच आदि) राम्ररी गरिनुपर्छ। उचित निदानपश्चात डिम्ब विकासको प्रक्रिया सुरु गरिन्छ। डिम्ब विकासको ट्रयाक राम्ररी राख्नुपर्छ र उचित समयमा, उपयुक्त प्रविधिको प्रयोग गरेर डिम्ब संकलन गरिन्छ र ल्याबमा कल्चर गरिन्छ। यहाँ डिम्बको गुणस्तर निर्धारण, संरक्षण, निषेचन र भ्रूणको निर्माण तथा विकास गरिन्छ। यसमा इम्ब्रोयोलोजिस्ट र ल्याबको क्षमताले ठूलो भूमिका खेल्छ। वात्सल्यमा भएको राम्रो व्यवस्थापन, प्रजनन् विज्ञको समूह, उच्चस्तरीय ल्याब तथा सरसाधन को कारण नै उच्च सफलता दर हासिल हुन सम्भव भएको हो। 

चिकित्सा क्षेत्रले धेरै विकास गरिसकेको छ। हिजो असम्भव ठानिएका कुराहरु आज सम्भव भइरहेका छन्। त्यसैले आईभीएफसम्बन्ीधको सामाजिक भ्रममा अल्झिनुभन्दा चिकित्सकको सल्लाह लिनुपर्छ। 

अब आधुनिक चिकित्सा प्रणालीद्वारा सन्तान प्राप्ति अब नेपालमै सम्भव छ !