काठमाण्डौ । नेपाली सेनाले देशैभर विभिन्न पदमा २ हजार ६ सय ३१ कर्मचारी मागेको छ । सेनाले सबैभन्दा बढी सैन्य पदका लागि इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । 

नेपालीको सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले आइतबार एक सूचना प्रकाशित गर्दै देशैभरका पृतना तथा गणहरु अन्तर्गत भर्ना आह्वान गरिएको हो । 

सहायक पण्डित हुद्धादेखि अमलदार, सैन्य, सैन्य डाइभर, कुचिकार, चर्मकर्मी, सूचिकार, केशकर्तक, धोबी, सिकर्मी र माली लगायतका पदमा दरखास्त आह्वान गरिएको हो । 

जंगी अड्डा बाहेकका स्थानमा सैन्य मात्र मागिएको छ । जंगी अड्डा अन्तरगत पनि सैन्य सबैभन्दा बढी ४०० मागिएको छ । पण्डित २७ जना, चालक ३० जना, कुचिकार ८, चर्मकर्मी २९, सूचिकार १६, धोबी १, केशकर्तक २, सिकर्मी २ र माली ४ जना मागिएको छ । 

असोज २२ गतेदेखि कात्तिक २० गतेसम्म इच्छुुक नेपाली नागरिकले तोकिएका स्थानमा दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । कुचिकार, चर्मकर्मी, सूचिकार, केशकर्तक, धोबी, सिकर्मी, माली र लोहकारको पदमा साधारण लेखपढ गर्न जान्नेले समेत आवेदन दिनसक्नेछन् । सैन्य पदका लागि ८ कक्षा उत्तीर्ण हुनुपर्नेछ । 

अन्य जानकारीका लागि हेर्नुहोस् सेनाले प्रकाशित गरेको कर्मचारी भर्नासम्बन्धी सूचना: