काठमाण्डौ । नेपाली सेनाले मंगलबारदेखि विभिन्न पदमा २९४ जनाका लागि भर्ना खुलाएको छ।
नेपाली सेनाको भर्ना छनोट निर्देशनालअन्तर्गत कार्यरथी विभागले लेखा जमदारेखि सयससम्म उक्त संख्यामा भर्ना खुलाएको हो। खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्नका लागि लेखा जमदारमा ५०, पुजारी हुद्दामा ४, अमल्दार कर्मचारीमा ५३ र बन्दोबस्ती कार्य सिपाहीमा ९६ जनाका लागि भर्ना खुलाइएको छ।
यसैगरी नेपाली सेनाले सूचिकारमा १०, कुचिकारमा ५३, चर्मकर्मीमा ११, लोहकारमा ८, धोबी र केशकर्तकमा २÷२ तथा सयसमा ५ जना कर्मचारीका लागि दरखास्त आह्वान गरिएको छ।
इच्छुक उम्मेदवार माघ २१ गतेसम्म र दोब्बर दस्तुर तिरी माघ २८ गतेसम्म दरखास्त दिन सक्नेछन्। दरखास्त फाराम नारायणहिटी उत्तरतर्फको गेट (धोबीचौरतर्फ) श्री नेपाल क्याभल्रीको खेल मैदानमा वितरण गरिनेछ भने सोही स्थानमा पेस गर्नुपर्नेछ।
लेखा जमदार पदका लागि लेखा वा वाणिज्यशास्त्रमा प्लस टु वा सोसरह उत्तीर्ण गरी कम्तीमा तीन महिनाको कम्प्युटर तालिम र कम्तीमा दुई महिनाको कम्प्युटर अकाउन्टिङसम्बनधी तालिम उत्तीर्ण गरेको हुनुपर्नेछ ।
त्यस्तै पुजारी हुद्दाका लागि पूर्वमध्यमा वा कर्मकाण्डसहित तीन सय पूर्णांकको संस्कृत विषय लिई प्रवेशिका परीक्षा वा १० कक्षा वा सोसरहको परीक्षण उत्तीर्ण गरेको हुनुपर्नेछ । अमल्दार कर्मचारीको हकमा भने एसएलसी वा सोसरह उत्तीर्ण गरी कम्तीमा तीन महिनाको कम्प्युटर आधार तालिम उत्तीर्णय गरेको हुनुपर्नेछ ।
बन्दोबस्ती कार्य सिपाहीलगायत अन्य पदका लागि भने साधारण लेखपढ गर्न सक्ने हुनुपर्नेछ ।
लेखा जमदार, पुजारी हुद्दा र अमल्दार कर्मचारीमा आवेदन दिने उम्मेदवारको उमेर १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ भने अन्य सबै पदका लागि १८ वर्ष पूरा भई २६ वर्ष ननाघेको हुनुपर्नेछ।
7 minutes ago
40 minutes ago
50 minutes ago
1 hour ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
14 hours ago
14 hours ago