काठमाण्डौ। सोनी पिक्चर्स नेटवक्र्स इन्डियाको लोकप्रिय ओटीटी प्लाटफर्म SonyLIV ले टेलिनेट प्रालिसँग नेपालमा सब्सक्रिप्सन वितरण गरी सहजै उपभोक्तालाई स्थानीय बिलिङ च्यानलमार्फत भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराएको छ।
यो ओटीटी प्लाटफर्म आईओएस, एन्ड्रोइड र वेबमा उपलब्ध छन्। यसमा नेपालमा प्रसारण अधिकार प्राप्त मनोरञ्जनका विशिष्ट ओर्जिनल र प्रिमियम सामग्रीको ठूलो भण्डार समावेश रहेको छ। नेपालका ग्राहकले www.gfsarena.com वेबसाइटमा गई SonyLIV को सब्सक्रिप्सन विभिन्न डिजिटल वालेट– ई–सेवा, आइएमई पे वा खल्तीबाट भुक्तानी गरी तुरुन्तै किन्न वा नवीकरण गर्न सकिन्छ।
नेपालमा पहिलोपटक विश्वविख्यात अनडिमान्ड ओटीटी प्लाटफर्म SonyLIV ले टेलिनेट प्रालिसँग मिलेर आफ्नो सेवा विस्तार गरेको हो। यो एक आधिकारिक वितरक– पुनःबिक्रेता हो। SonyLIV का सब्सक्राइबरहरुले वेबसिरिज, चलचित्र, अन्तर्राष्ट्रिय सामग्री, विशिष्ट खेलकुद सामग्री आदि यही प्लाटफर्ममार्फत हेर्न सक्नेछन्। प्रयोगकर्ताले यी सामग्री मोबाइल डिभाइसहरुका साथै टीभीमा हेर्न सक्नेछन् भने कुनै पनि सदस्यले ५ वटासम्म प्रोफाइल बनाउन पाउनेछन्।
रमेश कर्पको इकाइ टेलिनेट प्रालि नेपालमा स्थापित आईटी कम्पनी हो। जसले टेलिकम अपरेटरहरुलाई थप सुविधाका साथै एप्लिकेसन डेभलप्मेन्ट, क्लाउड कम्पयुटिङ, एमहेल्थ र नेपालमा एसएमएस र टेलिभोटिङ प्लाटफर्म उपलब्ध गराउँदछ।
रमेश कर्प नेपालको एक अग्रणी कम्पनी हो र म्यानुफ्याक्चरिङ डिभाइस, बैंकिङ तथा बीमा, खानी, जलविद्युत, सुचना प्रविधि, सवारीसाधन र विद्युतीय उपभोग्य साधनजस्ता धेरै क्षेत्रमा विस्तारित कम्पनीहरुको एक समूह हो। ‘यस साझेदारीले नेपालमा दुवै साझेदारहरुको थप उपभोक्ता–केन्द्रित उद्देश्यहरुका लागि सँगै काम गर्न नयाँ आयामहरु सुनिश्चित गर्नेछ’, टेलिनेटका प्रमुख कार्यकारी अधिकृत नवान्कुर सुदले भने।
8 hours ago
8 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
16 hours ago